आफ्नै तागतमा स्थानीय निर्वाचन लड्छौं- प्रचण्ड

फिचर सोमवार चैत्र १४, २०७८

काठमाडौं । नेकपा माओवाददी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै माओवादी केन्द्रले चुनाव लड्न कसैको बैशाखी नचाहिने बताउनु भएको छ । सात वर्षापछि रोल्पा पुग्नु भएका अध्यक्ष प्रचण्डले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले आफ्नै बलमा निर्वाचनमा भाग लिने बताउनु भएको हो ।

उहाँले अन्य दलसँगको सहकार्य र तालमेललाई अस्वीकार पनि नगर्ने दाबी समेत गर्नु भयो । सोमबार पार्टीका प्रवक्ता कृष्णबहादुर महराका घरमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष दाहालले भन्नुभयो,आफ्नै तागतमा स्थानीय निर्वाचन लड्छौं । आफ्नै खुट्टामा टेकेर स्थानीय निर्वाचनको नतिजा आफ्नो पक्षमा ल्याउन प्रयत्न गर्छौं । महाधिवेशन र प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सकेकाले निर्वाचनमा आफ्नो जित हासिल हुनेमा विश्वास भएको दाबी समेत गर्नुभयो ।


रोल्पामा जनयुद्ध स्मृति भ्यू टावर उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले निर्वाचनमा गठबन्धन र तालमेल गर्न सकिने निर्णय पनि गरिएको बताउनु भएको हो । गठबन्धनमा भर परेर निर्वाचन लड्ने हैन, आफ्नै शक्तिमा निर्वाचन लड्ने हो । किनभने अहिलेको गठबन्धन विशेष राजनीतिक परिस्थितिमा बनेको हो, उहाँले भन्नुभयो ।

 

Leave a Comment