भूपेन्द्र बुढाथाेकीको “धोका माथी धोका” सार्वजनिक

समाज शनिबार पुस १७, २०७८

काठमाडौं । भूपेन्द्र बुढाथोकीको  शब्द र प्रमोद खरेल आवाजमा रहेको धोका माथी धोका नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । सुनिल बिसिको संगितमा रहेको उब्क्त गित सार्वजनिक भएको पहिलो दिनमै ट्रेन्डिङमा पर्न सफल भएको छ ।

बुढाथोकीको पहिलेको गित “फुल भनौ जिन्दगीलाई” को अपार सफलतापछि बुढाथोकीको उक्त गित निकै चर्चामा रहेको छ । फूल भनौ जिन्दगीलाई भन्ने गितमा पुर्णिमा लामाको आवाज थियो उक्त गित १ करोड भन्दा धेरै दर्शकको भ्यूज आउन सफल भएको बुढाथोकीले बताएका छन् । उक्त गितको अपार सफलता सँगै बुढाथोकीकै शब्द रहेको धोका माथि धोकामा चर्चित गायक प्रमोद खरेलको आवाज सुनिल बिसिको लय विशाल निरौलाले संगीत संग्योजकि र मारुनी डिजिटल स्टुडियोमा अडियो रेकर्ड तथा मिक्सिङ रहेको छ ।

यस गितको भिडियो चर्चित डाइरेक्टर बिक्रम गरेका छन र यस गितमा अभिनय बिक्रम बुढाथोकी र टिकटिक स्टार स्मारिका ढकालले गरेका छन । क्यामेरा म्यान भने प्रकाश खड़का को रहेको छ । भुपेन्द्र बुढाथोकीको आफ्नै नामको युवटुवबाट यो गित सार्बजनिक गरिएको छ ।
हेर्नुहोस् म्यजिक भिडियो जस्ताको त्यस्तै

Leave a Comment