काठमाडौं ।
नुवाकोटकी सपना तामाङ काठ्माण्डौमा ज्यामी काम गर्नुहुन्छ । दिनभर काम गरेको ज्याला उहाँलाई १ हजार पाउनुहुन्छ । तर, उहाँसँगै काम गर्ने पुरुष मजदुरले १२ सय रुपैयाँ पाउँछन् । उनीहरूको काम भने एउटै छ, तर ज्याला फरक ।
ओखलढुंगाकी मेनुका आले मगर पनि काठ्माण्डौमा बिहान ६ बजे देखि बेलुका ८ बजे सम्म निर्माण क्षेत्रमा मजदुरीको काम गर्दे आउनुभएको छ । उहाँले पनि दिनमा ८ सय रुपियाँ पाउनुहुन्छ । उहाँसँगै काम गर्ने पुरुषले १२ सय पाउँछन् । हाम्रो काम त एउटै हो । तर, ज्याला भने फरक किन छ । मेनुकाको मनमा खड्कीरहन्छ ।
सपना र मेनुकाको भन्दा कुनै फरक अनुभव छैन मेरो काठमाडौंमा घरेलु काम गर्ने चिनीमायााको । महिनाको १२ देखि १५ हजार रुपैयाँसम्म कमाउनुहुन्छ । घरेलु कामदारका रूपमा काम गरेको १० वर्ष भयो । अरूको घर गरेर दिनमा १२ घण्टाभन्दा बढी खटिनुहनन्छ । तर, घरधनीले आफ्नो हिसाबमा पैसा दिन्छन । कुनै निश्चित नियम छैन ।
सिन्धुलीकी मान कुमारी श्रेष्ठले पनि घरमा सरसफाईको काम गरेको बर्षौ भयो । उहाँले त झनै महिना कै एक हजार मात्र ज्याला पाएको अनुभव सुनाउनु हुन्छ । सिन्धुली कै निरुता थापा मगर डेन्टलमा काम गर्नुहुन्छ । उहाँले पनि पुरुषको तुलनामा कमै तलब पाउनुहुन्छ । क्षमता र काम पुरुषभन्दा कम नभएपनि महिला भएकै कारण तलब कम पाएको उहाँको गुनासो छ ।
सरकारी आकडा अनुसार काम गर्ने उमेर समूहका करिब ७१ लाख जनसंख्या रोजगारी तथा श्रम बजारमा सहभागी छन् । जसमा महिला सहभागिता ४६.२ प्रतिशत छ । पाँच बर्षअघिको राष्ट्रिय श्रमशक्ति सर्वेक्षण अनुसार नेपालमा ९०.५ प्रतिशत महिला असङ्गठित क्षेत्रमा कार्यरत छन ।
महिलाले पुरुषको तुलनामा दिनको २ सय रुपियाँ मात्रै कम पाउदा पनि झण्डै २ खर्ब रुपियाँ ज्यालमा नै ठगिएका छन् । घरेलु कामदार, निर्माण, मनोरञ्जन लगायत आनौपचारीक क्षेत्रका कामदारलाई श्रमिकको सूचमिा नै आधिकारीक गणना गरिएको छैन । तैपनि संसद र सांसदले महिला श्रमिकको सवाललाई आफ्नो मुद्दा बनाउन सकेको छैन ।