राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच पुनः भेटवार्ता सुरु भएको छ। कुपण्डोलस्थित कुमार बेनको निवासमा भइरहेको यो भेट मंगलबार राति करिब ६ घण्टा चलेको वार्ताको निरन्तरता हो।
रवि र बालेनले मंगलबार राति ६ घन्टा वार्ता गरेका थिए । त्यसैको निरन्तरताका रुपमा आज फेरि बसेका हुन् । आगामी निर्वाचनका लागि सहकार्यका विषयमा वार्ता केन्द्रित रहने छ ।
वार्तामा रास्वपाका केन्द्रीय सदस्य असिम साह र बालेनका सहयोगी कुमार बेन पनि सहभागी छन् ।






