काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले जेनजी आन्दोलनका क्रममा आगलागीमा परेर गम्भीर घाइते भएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
उनीहरू खनाल निवास डल्लु पुगेर चित्रकारको स्वास्थ्य अवस्था बुझ्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्। प्रचण्डको सचिवालयका अनुसार भेटका क्रममा उपचारको प्रगतिबारे जानकारी आदान–प्रदान भएको थियो।
गत साता भारतमा उपचार गराएर काठमाडौं फर्काइएकी चित्रकारको अवस्था अहिले खतरामुक्त रहेको र थप सुधारका लागि निरन्तर उपचार भइरहेको नेता खनालले जानकारी गराएका छन्।






