ज्ञानेन्द्र शाहीको गुनासो- सञ्चारमन्त्री फ्री वाईफाइको गफ चुट्छन्, जुम्लामा टावर बने पनि नेटवर्क छैन

मुख्य खबर NFM संवाददाता बुधबार पुस ९, २०८२

काठमाडौँ । राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले कर्णाली र दूरदराजका जिल्लामा सञ्चार सेवा अझै पनि दयनीय रहेको गुनासो गरेका छन्। सामाजिक सञ्जालमार्फत् उनले जुम्लामा टावर बनाइए पनि नेटवर्क नआउने अवस्थालाई उदाहरण दिँदै सञ्चारमन्त्रीप्रति कटाक्ष गरेका हुन्।

सामाजिक सञ्जालमा लेख्दै शाहीले नयाँ मान्छे र नयाँ नेतृत्व आएपनि कर्णाली र दूरदराजलाई गर्ने व्यवहार एउटै रहेको गुनासो गरेका छन् ।

शाहीका अनुसार नेटवर्कको समस्या जुम्लामा मात्र सीमित छैन, सिंगो कर्णाली र अन्य दुर्गम क्षेत्रमा पनि उस्तै अवस्था छ। उनले नयाँ मान्छे र नयाँ नेतृत्व आए पनि कर्णाली र दूरदराजप्रतिको राज्यको व्यवहार नफेरिएको आरोप लगाएका हुन्।

यस्तो छ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस

जुम्लामा टावर बनाइयो तर नेटवर्क आउँदैन। यता सञ्चारमन्त्री फ्री वाईफाई भन्दै गफ चुट्छन् । यो समस्या जुम्लाको मात्र होइन सिंगो कर्णाली र दूरदराजको समस्या हो जुनसुकै नयाँ मान्छे र नयाँ नेतृत्व आएपनि कर्णाली र दूरदराजलाई गर्ने व्यवहार एउटै छ। त्यसैले भन्छु सञ्चार मन्त्रीज्यू गफ चुट्ने होइन। टावर बनाइदिएका छौं नेटवर्क सञ्चालन गरिदिनुहोस् ।

 

Leave a Comment