सरकारले विपि राजमार्गको पुननिर्माणका लागि दुई अर्ब ६१ करोड रुपैयाँ अनुदान सहायता लिने भएको छ ।
अस्ति सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गएको वर्ष बाढीले भत्काएको विपि राजमार्गको सिन्धुली खण्ड बनाउनका लागि जापानसँग अनुदान सहायता लिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । गएको वर्ष असोजमा आएको बाढीले क्षति पुर्याएको छ ।
विपि राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौता भई काम अघि बढिसकेको छ ।
बाढीले काभञ्ेको भकुण्डेबेसीदेखि सिन्धुलीको नेपालथोकसम्म क्षति गरेको साढे ३० किलोमिटर सडक दुई लेनमा निर्माण गर्न लागिएको हो । जापानले पिप्लेदेखि बर्खेखोलासम्म ३ किलोमिटर २ सय मिटर सडक बनाउन अनुदान दिने भएको छ।
विपि राजमार्ग जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१५ सालमा निर्माण सम्पन्न भएको हो ।






