बागमती : राजीनामा दिएको भनिएका चार मन्त्रीलाई मुख्यमन्त्री लामाद्धारा बर्खास्त

Breaking NFM संवाददाता शुक्रबार साउन ९, २०८२

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चार जना मन्त्रीहरुलाई पदबाट बर्खास्त गर्नभएको छ । आज (शुक्रबार) साँझ मुख्यमन्त्री लामाले राजीनामा दिएको भनिएका चार जना मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको हो ।

बर्खास्तमा पर्नेहरुमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने रहनुभएको छ ।

मुख्यमन्त्री लामाले आफ्नै पार्टीबाट मन्त्री बनेकाहरुलाई पदमुक्त गर्नुभएको हो । आफूलाई असहयोग गरेपछि मुख्यमन्त्री लामाले मन्त्रीहरुलाई पदबाट हटाएको बुझिएको छ ।

बागमती सरकारमा मुख्यमन्त्रीसहित कांग्रेसबाट सरकारमा ८ जना सामेल थिए ।

Leave a Comment