जाजरकोटमा ट्र्याक्टर दुर्घटना, एकजनाको मृत्यु, एक गम्भीर घाइते

मुख्य खबर NFM संवाददाता शनिबार जेष्ठ ३१, २०८२

काठमाडौं ः जाजरकोटमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परेका नलगाड नगरपालिका–७ बगराका १९ वर्षीय विनोद परियारको उपचारका क्रममा रुकुमपश्चिमको चौरजहारी मिसन अस्पतालमा मृत्यु भएको हो  ।

शुक्रबार नलगाड नगरपालिका–७ खगेनकोटस्थित जाजरकोट–डोल्पा सडक खण्डमा सरिया लोड गरी दल्लीदेखि कायाखेत जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते विनोद र १९ वर्षीय जयबहादुर परियारलाई उद्धार गरी उपचारका लागि प्रहरीले नगर अस्पताल दल्ली पठाएको थियो। दल्लीमा प्राथमिक उपचारपछि दुवैलाई रुकुमपश्चिमस्थित चौरजहारी मिसन अस्पताल पठाइएको थियो ।

चौरजहारी मिसन अस्पतालमा उपचारका क्रममा चालक विनोदलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष चन्दले बताउनुभयो । जयबहादुरलाई थप उपचारका लागि नेपालगन्ज पठाएको उँहाले जानकारी दिनुभयो ।

Leave a Comment