बागमती प्रदेशसभाको बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने

मुख्य खबर NFM संवाददाता शुक्रबार जेष्ठ ३०, २०८२

काठमाडौं :   बागमती प्रदेशसभाको बैठक आज बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि आर्थिक सर्वेक्षण प्रस्तुत गरिने कार्यसूची रहेको छ । प्रदेशसभाका सभामुख भवन कुमार पाठकका अनुसार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको छ ।

प्रदेश सरकारको बजेट कार्यक्रम संसदमा पेस गर्नुपूर्व आर्थिक सर्वेक्षण पेस गर्ने प्रक्रिया रहेको उँहाले बताउनुभयो । प्रदेश वा क्षेत्रको आर्थिक अवस्था, संरचना, प्रगति, समस्या र सम्भावनाको समग्र मूल्याङ्कन गरी नीति निर्माण, बजेट तयार पार्ने प्रक्रिया, तथा दीर्घकालीन योजना बनाउने आधार स्तम्भका रूपमा आर्थिक सर्वेक्षणलाई लिइन्छ ।

Leave a Comment