अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामा विदेश पठाउन मानव तस्करसँग मिलेमतो गरेको घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको छ ।
घटनाबारे विस्तृत अनुसन्धान थालिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताउनुभयो । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई सहित ४ जनाको डिभाइस अख्तियारले नियन्त्रणमा लिएको छ ।
भट्टराईसहित ४ जनासँग आयोगका अधिकृतहरूले सोधपुछ गरिरहेका छन् । खगेन्द्र सुवेदी र बालकृष्ण पौडेल सहित चार जनाको मोबाइल सहितका उपकरण अनुसन्धान अधिकृतहरूले अनुसन्धानको लागी नियन्त्रणमा लिएका हुन् ।






