संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

मुख्य खबर NFM संवाददाता बुधबार जेष्ठ ७, २०८२

काठमाडौं :  संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ ।

अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी पहिलो (संशोधन विधेयक),२०८० सम्बन्धमा विषयविज्ञ र सरोकारवालासँग  छलफल गर्ने कार्यक्रम छ । बैठक बिहा ११ बजे बस्नेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठकमा दुईवटा उपसमितिले तयार पारेका प्रतिवेदन समितिसमक्ष पेस गर्ने कार्यसूची छ । बैठक बिहान साढे ७ बजेका लागि बोलाइएको छ । पूर्वाधार विकास समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफाबार छलफल गर्ने कार्यसूची छ ।

बैठक बिहान साढे ८ बजेका लागि बोलाइएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो २ बजे बस्नेछ ।सार्वजनिक लेखा समितिको बैठक पनि आजै बस्दै छ ।

बैठकमा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल स्थलगत अध्ययन उपसमितिको प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे अर्थ समितिको बैठक कक्षमा बस्नेछ ।

 

Leave a Comment