काठमाडौं : सरकारले भूमिसम्बन्धी अध्यादेश यसै अधिवेशनबाट पारित गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसद्का दुबै सदनको संयुक्त बैठकमा शुक्रबार पेस भएको नीति तथा कार्यक्रममा भूमिको समुचित उपयोग गर्ने व्यवस्थासहितको विधेयक यसै अधिवेशनबाट पारित गर्ने उल्लेख छ ।
साथै भू–उपयोग योजना कार्यान्वयन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले केही समयअघि एकैपटक ल्याएका ६ वटा अध्यादेशमध्ये भूमिसम्बन्धी अध्यादेश भने ६० दिनसम्म संसदमा अघि नबढेपछि स्वत: निश्कृय भएको थियो।






