असार मसान्तभित्र नेपाललाई सडक बालबालिका मुक्त बनाउने सरकारको योजना

मुख्य खबर NFM संवाददाता बुधबार बैशाख १७, २०८२

काठमाडौं :  सरकारले नेपाललाई असार मसान्तभित्र सडक बालबालिका मुक्त देश बनाउने तीन चरणको ठोस कार्ययोजना सार्वजनिक गरेको छ ।

नेपाल सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्ले हालसम्मको उद्धार विवरण प्रस्तुत गर्दै आगामी असार मसान्तभित्र देशभर सडक बालबालिकालाई पूर्ण रूपमा व्यवस्थापन गर्ने लक्ष्यसहितको तीन तहको कार्ययोजना अघि सारेको हो ।

२०८२ सालको वैशाख मसान्तभित्र प्रत्येक वडा, २०८२ जेठ १५ गतेसम्म प्रत्येक स्थानीय तह र २०८२ जेठ मसान्तसम्म प्रदेशलाई सडक बालबालिका मुक्त घोषणा गर्ने कार्ययोजना छ । वि.सं. २०७३ साल वैशाख २७ गतेदेखि २०८१ सालको चैत मसान्तसम्म २ हजार ४८५ जना सडक बालबालिकाको उद्धार गरेर संरक्षण तथा व्यवस्थापन भइसकेको परिषद्को विवरणमा उल्लेख छ ।

Leave a Comment