शिक्षक र सरकारबीचको वार्ता सकारात्मक, अहिले पनि छलफल हुँदै

मुख्य खबर NFM संवाददाता मङ्लबार बैशाख १६, २०८२

काठमाडौं :  शिक्षक र सरकारबीचको वार्ता सकारात्मक बनेको छ । हिजो राति बसेको वार्ता सकारात्मक भएको दुवै पक्षले बताएका छन ।

वार्तामा सहमतिको प्रक्रिया अघि बढेकोले आज बिहान पुनः बस्नेछ । आज बिहान ८ बजे बस्ने बैठक निष्कर्षमा पुग्ने शिक्षक नेताहरुले बताएका छन् । आजको बैठकअघि आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघले आन्तरिक छलफल गर्ने जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तका अनुसार केही विषयलाई अन्तिम रुप दिन बाँकी छ । अरु विषयमा सहमति नजिक पुगेकोले आज नै टुंगो लगाइने छ । सरकारले शिक्षकसँग निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले नै तयार गरेको सात बुँदालाई टेकेर सहमति गर्ने तयारी गरेको छ ।

शिक्षक महासंघले भने वार्ता भइरहे पनि आन्दोलन जारी राख्ने निर्णय गरेको छ । सहमति नभएसम्म सडक आन्दोलन जारी रहने सहअध्यक्ष पराजुलीले बताउनुभयो । शिक्षा ऐन जारी गर्दै गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । जसले गर्दा नयाँ शैक्षिक वर्ष प्रभावित भएको छ । भर्ना अभियान, एसईईको नतिजा, कक्षा १२ को परीक्षा प्रभावित भएको छ ।

यसअघि सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग सम्बोधन गरी विद्यालय फर्काउन आदेश दिइसकेको छ । तर, म्याद सकिंदा पनि अझै सहमति नहुँदा शिक्षकहरू फर्किन मानेका छैनन् ।

 

Leave a Comment