प्रधानमन्त्रीले आज संसदमा सम्बोधन नगर्ने

मुख्य खबर NFM संवाददाता शुक्रबार बैशाख १२, २०८२

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा शुक्रबार सम्बोधन नगर्ने हुनुभएको छ ।

दिउँसो १ बजे सुरु हुने बर्खे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको थियो , तर प्रमुख विपक्षी दलको नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र सत्तारुढ नेपाली कांग्रेसकै सभापति शेरबहादुर देउवा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीले बोल्ने कार्यक्रम स्थगित गरिएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले थाहाखबरलाई जानकारी दिनुभयो ।

प्रचण्ड भुकम्प स्मृति दिवसको कार्यक्रमका लागि गोरखाको बारपाक पुगेका छन् भने देउवा थाइल्याण्डबाट आजै आउँदैछन् ।

बर्तौलाका अनुसार प्रधानमन्त्रीले अरु कुनै दिन मिलाएर बोल्ने तयारी छ। संसदमा अरु क–कसले बोल्ने भन्ने विषयमा छलफल भइरहेको उँहाले बताउनुभयो ।

Leave a Comment