बुटवलमा युवतीमाथि गोली प्रहार

मुख्य खबर NFM संवाददाता शनिबार बैशाख ६, २०८२

काठमाडौं : रूपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ ।

बुटवल उपमहानगर ११ बुद्धनगरमा बिहान साढे ९ बजेतिर एक युवतीमाथि गोली प्रहार भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। उनको परिचय नखुलेको र ढाडमा गोली लागेको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर अवस्थामा रहेकी उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

मोटरसाइकल चढेर आएको व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

 

Leave a Comment