आज तीन संसदीय समितिको बैठक बस्दै

मुख्य खबर NFM संवाददाता शुक्रबार बैशाख ५, २०८२

काठमाडौं :  संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक आज बस्दै छ । कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१÷०८२ माथि छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ ।

बैठक बिहान ११ बजे बस्नेछ । विधायन व्यवस्थापन समितिको बैठकमा संविधानअनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा कानुन मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।

बैठक दिउँसो १ बजे बस्नेछ ।

 

 

Leave a Comment