त्रिविमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु

मुख्य खबर NFM संवाददाता मङ्लबार बैशाख २, २०८२

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अनलाइनबाट प्रदान गर्ने भएको छ ।

गएको वर्षदेखि नै अनलाइन सेवा सञ्चालन गरिएकोमा प्राविधिक कारणले निरन्तरता दिन नसके पनि आजदेखि यो सेवालाई निरन्तरता दिइएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

कार्यालयले सूचना निकालेर आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटको आवेदनको लागि अनलाइन सेवा सञ्चालन हुने जनाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले दिने अरु सेवाहरु पनि आउँदो जेठ १५ गतेदेखि अनलाइनबाटै सञ्चालन हुने सूचनामा उल्लेख छ ।

 

Leave a Comment