काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकको जारी आन्दोलन अन्त्यका लागि दुईवटा विकल्प अघि सार्नु भएको छ ।
तत्काल सम्बोधन हुने माग मन्त्रिपरिषद् बैठक बसेर आजै टुंगो लगाउन सकिने उँहाको भनाइ छ । संसद्बाट गर्नुपर्ने काम गर्न संसद्को अधिवेशन बोलाउनुपर्ने उँहाले बताउनु भएको ।
संसद्को अधिवेशन बोलाउने दिन तोकेर शिक्षकलाई आश्वस्त बनाउन विधेयक पास गर्ने ‘टाइफ्रेम’ दिन सकिने उनको धारणा छ । यसले शिक्षकमा विश्वास र भरोसाको वातावरण बनाउने उँहाको भनाइ छ ।
संसद्बाट पूरा गर्न सकिने माग सम्बोधन गर्न संसद् बोलाउनुपर्नेमा उँहाको जोड छ । शिक्षकले उठाएका माग यसअघि नै पूरा गर्ने विषय भएको भन्दै थापाले हालसम्म पूरा नहुनु लज्जास्पद भएको बताउनु भयो । कांग्रेस सरकारमा भइरहेका बेला यस्तो अवस्था आउनु दुर्भाग्य भएको उँहाको भनाइ छ ।
अब सबै मिलेर शिक्षकका माग सम्बोधन गर्दै शिक्षकहरूलाई कक्षा कोठामा फिर्ता गराउनुपर्ने महामन्त्री थापाको धारणा छ । वैशाख २ गतेबाट शैक्षिकसत्र सुरु हुने भएकाले त्यसघि नै समस्याको समाधान नभए यसले गम्भीर असर पर्ने उँहाले बताउनु भएके छ ।






