काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले पाए तलब

मुख्य खबर NFM संवाददाता सोमवार चैत्र २५, २०८१

काठमाडौं : काठमाडौँ महानगरपालिकाका कर्मचारीहरूले रोकिएको तलब पाएका छन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं काममा फर्किएपछि आज कर्मचारीहरूले तलब पठाएको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले जानकारी दिनुभयो । गत पुसमा अनधिकृत कार्य गरेको भन्दै गुरागाईं मेयर बालेन्द्र शाह  ‘बालेन’ ले बिदामा बस्न लगाएका साथै  कार्यालयमा आउन रोक लगाउनुभउको थियो ।

यसअघि गत पुसदेखि प्रमुख प्रशासकीय अधिकृत बिदामा रहेकाले काठमाडौँ महानगरपालिकाका मेयरदेखि सरसफाइ कर्मचारीसहित करिब ४ हजार कर्मचारीहरूले लामो समयदेखि तलब नपाएको गुनासो गरेका थिए । यसमध्ये शिक्षकहरूले ५ महिनादेखिको तलब बुझेका थिएनन् भने अन्य कर्मचारीले तीन महिनायता तलब बुझ्न नपाएको महानगरले जनाएको थियो ।

Leave a Comment