नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना आज शुरु हुँदै

मुख्य खबर NFM संवाददाता सोमवार चैत्र २५, २०८१

काठमाडौं : शनिबार सम्पन्न नेपाल बार एसोसिएसनको निर्वाचनको मतगणना आज शुरु हुँदैछ ।

आज बिहान १० बजे बैठक बसेर दिउँसो १२ बजेदेखि मतगणना सुरु गर्ने तयारी रहेको प्रमुख निर्वाचन अधिकृत रामकृष्ण निरलाले जानकारी दिनुभयो । उँहाका अनुसार सबै बुथ संकलन भइसकेपछि मत गणना सुरु गर्न लागिएको हो। काठमाडौँ स्थित बारको कार्यालयमै मतगणना गरिनेछ । मतगणना सक्ने ३ देखि ४ दिन सम्म लाग्न सक्ने उँहाले जानकारी दिनुभयो ।बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिको चयनका लागि शनिबार मतदान भएको थियो ।

काठमाडौँ र बाहिर गरी ३६ वटा केन्द्रमा मतदान भएको हो । नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशली, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्रा डा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् । २५ पदका लागि ५७ जना चुनावी मैदानमा छन्  ।

Leave a Comment