एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक पनि आज बस्ने

मुख्य खबर NFM संवाददाता सोमवार चैत्र ४, २०८१

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सिर्जना, यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौंमा हुने बृहत् ¥याली तथा विशाल आमसभालाई सफल बनाउन कार्ययोजना तयारलगायत विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा उपलब्ध स्थायी कमिटी सदस्यहरूलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ । उपत्यकाबाहिर रहेका नेतालाई फर्कन आह्वान गरिएको छ । बैठकमा पार्टीले सुशासन, रोजगारीलगायत विषयलाई केन्द्रित गरी देशभर सुरु गरिएको समाजवादी अभियानबारे मातहत कमिटीलाई संगठन सुदृढीकरण तथा पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन रणनीति तयार गरिनेछ ।

Leave a Comment