माओवादीको जागरण अभियान अन्तर्गत आज मोरङमा कार्यक्रम हुँदै

मुख्य खबर NFM संवाददाता मङ्लबार फाल्गुन १३, २०८१

काठमाडौं : झापाको केचनकवलबाट सुरु नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई–मधेश जागरण अभियान मोरङ आइपुगेको छ ।

आज र भोलि मोरङमा कार्यक्रम हुनेछ । आज बिहान पथरी बजार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताको स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि कानेपोखरी बजारमा खाजा खाने कार्यक्रम छ, त्यहाँ भेटघाट पनि हुनेछ । बिहान ९ बजेदेखि ११ बजेसम्म कानेपोखरी – ६  को रमाइलो बजारमा जनसभा हुनेछ । रमाइलोको सभापछि दिउँसो १२ बजे सुनवर्सी नगरपालिका –९ कदमगाछीमा प्रचण्डसहित नेताले कार्यकर्ताको घरमा खाना खानेछन् ।

त्यसक्रममा पनि भेटघाट हुनेछ । मंगलबार दिउँसो १ बजेदेखि ३ बजेसम्म हुलाकी मार्गको आमबाडीमा सभा हुनेछ । दिउँसो साढे ३ बजेदेखि हुलाकी मार्गकै कर्सीया बजारमा जनसभा हुनेछ । कर्सीयाको कार्यक्रमपछि दादरबेरीयामा प्रचण्डसहितका नेताहरु बास बस्नेछन् । बुधबरा विराटनगर केन्द्रित भेटघाट कार्यक्रम छन्  ।

रमाइलोको जनसभाका लागि माओवादी केन्द्रले ४ वटा विद्यालय बन्द गर्न आग्रह गर्दै पत्र पठाएको छ । माओवादीले बालजगत इङ्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउण्ट हर्मोन एकेडेमी र जेनिथ इङ्लिस बोर्डिङ स्कुललाई पत्र पठाएर कार्यक्रम गर्दा निस्कने ध्वनीले गर्दा पठनपाठनमा समस्या हुने भएकाले मंगलबार १ दिन बिदा गर्न आग्रह गरेको हो ।

Leave a Comment