प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचारका विभिन्न काण्डको छानबिन अवरुद्ध पारेकोमा आपत्ति जनाउनुभएको छ । प्रतिनिधि सभाको आजको बिहीबार बैठकलाई सम्बोधन गर्दै उहाँले आपत्ति जनाउनुभएको हो ।
पछिल्ला सात महिनामा सरकारले जनताको केही पनि आवाज नसुनेको भन्दै पुर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले आज जनता पनि सरकारलाई नसुन्ने ठाउँमा पुगेको दावी गडर्नुभयो ।
अध्यक्ष प्रचण्डले सरकारी जग्गा हिनामिनाका काण्डहरूको छानबिन कहाँ पुग्यो भन्दै प्रश्न गर्नुभयो । उहाँले सत्तापक्षका सांसदहरूलाई दुःख नमान्न आग्रह समेत गर्नुभयो ।






