विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने

Breaking बिहिबार माघ १७, २०८१

विपक्षी दलहरूले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन् । आज प्रमुख प्रतिपक्ष दल नेकपा ९माओवादी केन्द्र० को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकले अध्यादेश स्वीकार नगर्ने निर्णय गरेको हो ।

बैठकपछि  (माओवादी केन्द्र)  का प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा सात दल सहभागी भएको र बैठकले भोलिदेखि सञ्चालन हुने संसद् अधिवेशनमा जनसरोकारका विषयहरू एकमत भएर उठाउने निर्णय गरेको बताउनुभयो ।

उहाँले सरकारले अध्यादेश गलत विधि र प्रक्रियामार्फत ल्याएको भन्दै बैठकले यसलाई अस्वीकार गर्ने निर्णय गरेको बताउनुभयो । संसद् बोलाउने बेलामा नै अध्यादेश ल्याउनु गलत मनशाय रहेको विपक्षी दलहरूको निष्कर्ष छ ।

सदनलाई सशक्त ढङ्गबाट नागरिकका आवाज मुखरित गर्ने ठाउँ बनाउनुपर्नेमा सरकार अध्यादेशका माध्यमबाट जान खोज्नु गलत भएको प्रमुख सचेतक पाण्डेको भनाइ छ ।

उहाँले सरकारको विरुद्धमा आवश्यक परे सडक आन्दोलनको तयारीसमेत गर्ने चेतावनी दिनुभएको छ ।

Leave a Comment