काठमाडौंका बिभिन्न् स्थानमा आज र भोलि पाँच घण्टा बिजुली काटिने

मुख्य खबर NFM संवाददाता बिहिबार माघ १७, २०८१

काठमाडौं : काठमाडौं उपत्यकाका केही स्थानमा बिहीबार र शुक्रबार पाँच घण्टा विद्युत् कटौती हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार आज शंखमूल फिडर (बानेश्वर)अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म  विद्युत् अवरुद्ध हुनेछ ।

शुक्रबार केएमसी र ओल्ड एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म  बिजुली नआउने प्राधिकरणले बताएको छ।

कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यका लागि विद्युत् कटौती गर्नुपरेको प्राधिकरणले जनाएको छ ।

 

Leave a Comment