सत्ता पक्षका राजनीतिक दलहरूको बैठक आज बस्दै

मुख्य खबर NFM संवाददाता सोमवार माघ १४, २०८१

काठमाडौं :  सत्ता पक्षका राजनीतिक दलहरूको बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक बोलाउनु भएको हो  । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बोलाइएको छ । बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ ।

सत्तापक्षमा हाल एमाले, कांग्रेस, जसपा, जसपा नेपाल, नाउपा र जनमत पार्टी रहेका छन् । माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।

Leave a Comment