हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

राजनीति NFM संवाददाता आइतवार माघ १३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा सम्बोधन गर्ने हुनु भएको छ । यहिँ माघ १८ गतेका लागि बोलाइएको संसद्को हिउँदे अधिवेशनमा उहाँले सम्बोधन गर्ने हुनु भएको हो । उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीले पहिलो दिन संसद्‌मा सम्बोधन गर्नुहुनेछ,’ उहाँले भन्नुभयो । बर्तौलाले आजै प्रधानमन्त्रीलाई भेट्नुभएको थियो । भेटमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने बताउनुभएको र यहि कुरा सभामुख देवराज घिमिरेलाई आफूले जानकारी गराएको बर्तौलाले बताउनुभयो । हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आज सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसक्नु भएको छ ।

Leave a Comment