काठमाडौं । निजामती कर्मचारी सङ्गठन बझाङको अध्यक्षमा मुकेश थापा निर्वाचित हुनुभएको छ । कर्मचारी सङ्गठनको बझाङ सदरमुकाम चैनपुरमा हिजो राती सम्पन्न १३ औँ अधिवेशनबाट थापा सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
अधिवेशनले सङ्गठनको उपाध्यक्षमा बिन्दु चन्द र धर्मराज जोशीलाई चयन गरेको छ । सचिवमा दीपक बोहरा, सह–सचिवमा नरेश ओली र कोषाध्यक्षमा हर्क बहादुर सार्की चयन हुनुभएको नव निर्वाचित अध्यक्ष थापाले जानकारी दिनुभयो ।
सदस्यहरूमा दुधकला जेठारा, मालती रोकाया, ललिता बोहरा, पवन भट्टराई, जयराज अवस्थी निर्वाचित हुनुभएको छ । दीपकराज जोशी, प्रदीप खड्का, नीरज चौधरी, सुरेश बोहरा, खडक खड्का, शङ्कर बोहरा र हेमराज थापा पनि सदस्यमा निर्वाचित हुनु भएका अध्यक्ष थापाले बताउनुभयो ।
यस्तै, प्रदेश प्रतिनिधिमा कलक दौल्याल, सुस्मिता धामी, प्रेम बहादुर विक र हरेन्द्र उपाध्याय चयन हुनुभएको छ । नव निर्वाचित थापाका अनुसार केन्द्रीय प्रतिनिधिमा दिनेश धामी र शारदा जोशीलाई चयन गरिएको छ ।
निजामती कर्मचारी सङ्गठन बझाङको अध्यक्षमा थापा सर्वसम्मत निर्वाचित
