सुन्दर र सबिनाको दन्त लहर लोक दोहोरी गीत साङ्गीतिक बजारमा सार्वजनिक

समाज NFM संवाददाता शनिबार माघ १२, २०८१

काठमाडौँ । भर्खरै मात्र एक माया प्रेममा आधारित मौलिक लोक दोहोरी गीत साङ्गीतिक बजारमा सार्वजनिक भएको छ । सुन्दर आरडी युटुव च्यानलबाट सविना सापकोटा र सुन्दर आरडीको आवाजमा सुन्दर आरडीकै लय शब्द सिर्जनामा दन्त लहर बोलको गीत बजारमा सार्वजनिक भएको हो ।
गीतमा विगतमा माया प्रेममा जोडिएको एक प्रेम जोडीको कथा समावेश भएको छ । धेरै पछि उक्त जोडीको भेट भएको प्रसङ्गबाट उक्त गीत सुरु भएको छ । बाग्मती प्रदेश अर्थात् काँठ क्षेत्रको मौलिकताको प्रतिनिधित्व दन्त लहरले गरेको छ । सङ्कलक सुन्दर आरडीका यस भन्दा अघिका गीतहरू तिम्रै भर पर्ने छु , रानी घाटैमा , मन छैन थिर , तिम्रो हुन सकिन, सकिएन खोली फर्किउन जस्ता गीतहरू बजारमा आई सकेका छन् । म्युजिक पल्स ःँ रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको लोक दोहोरी गीत दन्त लहरमा नारायण दंगालले सङ्गीत संयोजन गर्नु भएको छ ।
उक्त गीतमा सरोज सञ्जेल , सिर्जना तिमलसिना , सुशील श्रेष्ठ ,विपिन कार्कीको मुख्य अभिनय रहेको छ । ८ मिनेट २९ सेकेण्को लोक दोहोरी गीत दन्त लहरको निर्देशन मिलन श्रेष्ठले गर्नु भएको छ ।

भिडियो हेर्नको लागि तलको लिङ्क क्लिक गर्नुस् ।

Leave a Comment