राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक माघ ११ र १२ गते काठमाडौँमा बस्दै छ ।
बैठक धुम्बाराहीस्थित एसआर बैंक्वेटमा बिहान ११ः०० बजेदेखि शुरु हुनेछ । बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्ययोजनामाथि छलफल हुनेछ ।
केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरूमाथि छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो ।