चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

मुख्य खबर NFM संवाददाता बुधबार माघ ९, २०८१

काठमाडौं : चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयले तीन दिन बिदा दिएका छन् । बुधबारदेखि माघ ११ गतेसम्म जाडो बिदा दिइएको हो ।

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाका अनुसार मौसम प्रतिकूलताका कारण शीतकालीन बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको छ ।

शीतलहरले विद्यालय सञ्चालनमा कठिनाइ भएकाले बिदा दिएको उँहाले स्पष्ट पार्नु भयो ।  चिसो बढेपछि अभिभावकले पनि बिदाका लागि  विद्यालयका साथै पालिकामा अनुरोध गर्दै आएको उँहाको भनाइ छ ।

 

Leave a Comment