घर जग्गाको कारोबार क्रमशः लयमा फर्किदै

मुख्य खबर NFM संवाददाता शनिबार माघ ५, २०८१

काठमाडौं : घर जग्गाको कारोबार क्रमशः लयमा फर्किन थालेको छ । देशभरको घर जग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागकाअनुसार गत मङ्सिर महिनाको तुलनामा गत पुस महिनामा राजस्व सङ्कलनमा वृद्धि भएको छ ।

गत मङ्सिर महिनामा तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार ९७६ बराबर सङ्कलन भएकामा पुस मसान्तसम्म चार अर्ब २५ करोड २२ लाख २१ हजार ७७९ राजस्व प्राप्त भएको छ ।  विभागका अनुसार सो महिनामा सेवा करबाट रु ३० करोड ४३ लाख ४४ हजार छ सय ६५ सङ्कलन भएको छ। यस्तै, रजिष्टे«शन दस्तुरबाट रु दुई अर्ब ६८ करोड ७८ लाख २६ हजार एक सय ४५, पूँजीगत लाभकरबाट रु एक अर्ब ६० करोड ८३ लाख २८ हजार १७२ प्राप्त भएको छ ।

काठमाडौं उपत्यका भित्रका विभिन्न नौ वटा मालपोत कार्यालयमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले राजस्व सङ्कलन गरेको छ। सो कार्यालयले ४० करोड ९४ लाख ४२ हजार ७३२ रुपैयाँ राजस्व संकलन गरेको छ। यसबाट ललितपुरमा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको सहजै अनुमान गर्न सकिन्छ । यस्तै, मालपोत कार्यालय गोटीखेल ललितपुरले दुई लाख ८९ हजार ८४, मालपोत कार्याल भक्तपुरले २९ करोड ७६ लाख १३ हजार २७१, मालपोत कार्यालय डिल्लीबजारले रु २१ करोड ९० लाख ९९ हजार ६८५ राजस्व संकलन गरेको छ ।

त्यस्तै, विभागका अनुसार, मालपोत कार्यालय चाबहिलले २२ करोड ९३ लाख ८० हजार ३६७, कलङ्की मालपोतले २१ करोड ९३ लाख ७१ हजार ७९२, मालपोत कार्याल साङ्खुले १० करोड ३२ लाख ५९ हजार ६२२, मनमैजुले छ करोड ६८ लाख २९ हजार ५६१, मालपोत कार्यालय टोखाले छ करोड ७७ लाख ३४ हजार ६९७ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । यस्तै, मालपोत कार्यालय विराटनगरले १६ करोड ११ लाख तीन हजार ४८१, मालपोत कार्यालय इनरुवा सुनसरीले १० करोड ९३ लाख ७४ हजार २५७ राजस्व संकलन गरेको छ । गत कात्तिकमा देशभर घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ बराबरको राजस्व संकलन भएको थियो ।

Leave a Comment