जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कामाथि आक्रमणको प्रयास

मुख्य खबर NFM संवाददाता शुक्रबार माघ ४, २०८१

काठमाडौं :  उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कामाथि आक्रमणको प्रयास भएको छ । मन्त्री खड्कामाथि केहि दिनअघि सिंहदरबार स्थित उर्जा मन्त्रालयमै आक्रमणको प्रयास भएको हो ।बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा खड्काले आफुमाथि मन्त्रालयमै आक्रमणको प्रयास भएको बताउनु भएको थिायो । केही दिन अगाडि मन्त्रालयबाट बाहिरिने क्रममा आफूमाथि आक्रमणको प्रयास भएको भन्दै मन्त्री खड्काले गृहमन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।   खड्काले जानकारी गराएपछि गृहमन्त्री रमेश लेखकले आफूलाई किन जानकारी नदिएको भन्दै प्रतिप्रश्न गरे। मन्त्री खड्काले आफूले घटनालाई सामान्य रुपमा लिँदै हातपातको प्रयास गर्ने व्यक्तिलाई छाड्न पनि भनिसकेको बताउनु भएको थियो ।

ती व्यक्ति छुटेको जानकारी समेत दिनुभएका खड्काले आक्रमण प्रयास गर्ने व्यक्तिको पहिचान भने नखुलाएको बैठकमा सहभागी एक नेताले बताउनु भयो

 

Leave a Comment