विपीन जोशी रिहाइको पहलका परराष्टमन्त्री राणाले कतारका विदेशमन्त्रीसँग छलफल गर्ने

मुख्य खबर NFM संवाददाता मङ्लबार माघ १, २०८१

काठमाडौं :  परराष्ट्रमन्त्री आरजु राणा देउवाले कञ्चनपुरका विपीन जोशी रिहाइको पहलका लागि कतारका विदेशमन्त्रीसँग छलफल गर्ने हुनु भएको छ  । उँहाले विपीन रिहाइको पहलका निम्ति आज कतारलाई आग्रह गर्न लाग्नु भएको हो । उँहाले विपीन रिहा हुने आशा व्यक्त गर्नुभएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेको थियो । त्यसक्रममा १० नेपाली विद्यार्थीसहित करिब १२ सयजनाको मृत्यु भएको थियो । विपीनसहित करिब २५० जनालाई हमासले बन्धक बनाएको थियो । बन्धकको रिहाइ र गाजापट्टीमा युद्धविराम सम्झौताका निम्ति कतारले पहल गर्दै आएको छ । हमास र इजरायल दुवैसँग कतारको राम्रो सम्बन्ध छ ।

Leave a Comment