राप्रपा नेपालको बैठकमा आज पनि अध्यक्ष थापाको राजनीतिक प्रतिवेदनमाथि छलफल

मुख्य खबर NFM संवाददाता शनिबार पुस २०, २०८१

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक शनिबार पनि जारी छ । शुक्रबार शुरु भएको बैठकमा अध्यक्ष कमल थापाको राजनीतिक र महामन्त्री राजाराम बर्तौलाको सांगठनिक लगयातका प्रतिवेदनमाथि छलफल चलिरहेको छ ।

 

यी प्रतिवेदनमाथि शुक्रबार २३ जना केन्द्रीय समितिले धारणा राखेका थिए । शनिबार ३५ जनाले धारणा राख्न नाम टिपाएका महामन्त्री बर्तौलाले जानकारी दिनु भयो ।  प्रतिवेदनमाथि केन्द्रीय सदस्यका धारणालाई संशोधन गर्दै अन्तिम रुप दिइनेछ ।

 

साथै भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, महाधिवेशन केन्द्रित अभियानबारे भावी योजना बनाउदै बैठक शनिबार नै सकिने महामन्त्री बर्तौलाले जानकारी दिनु भयो ।

Leave a Comment