राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै

मुख्य खबर NFM संवाददाता शुक्रबार पुस १९, २०८१

काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ।

बैठकमा पार्टीको सांठनिक अवस्था, भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, भ्रातृ संगठनको क्रियाशीलता प्रशिक्षण र महाधिवेशन केन्द्रित अभियानबारे छलफल हुनेछ। यस्तै देशको  समसामयिक राजनीतिक अवस्थाबारे पनि छलफल हुने  सहमहामन्त्री प्रदीप कार्कीले बताउनु भयो ।

बैठकमा पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक र महामन्त्री राजाराम बर्तौलाले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्कीले जानकारी दिनु भयो । पार्टीले हालै तराई मधेश सम्मेलन सम्पन्न गरेको छ ।

पछिल्लो एक सातामा २२८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन्। पर्यटकको सङ्ख्या न्यून रहने यो याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ ।

Leave a Comment