प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ललिता निवासको जस्तै शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
उहाँले शेरा दरबार जग्गा प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
नुवाकोटको विदुर नगरपालिका–२ शेरा दरबार र त्यसले चर्चेको १ सय ८४ रोपनी ४ आना १ पैसामध्ये १ सय ६४ रोपनी १३ आना २ दाम जग्गा हिनामिना भएको भन्दै सरकारका नाममा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले सरकारलाई पत्राचार गरेको थियो । त्यस्तै सार्वजनिक जग्गा गैरकानूनी रूपमा कम्पनीमा सार्ने समूहमाथि कारबाही गर्न अख्तियारलाई समेत सीआईबीले पत्र लेखिसकेको छ ।