काठमाडौं : काठमाडौँको भृकुटीमण्डपमा आज च्याउ मेला लाग्दै छ ।
राष्ट्रिय च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघ नेपालले सो मेलाको आयोजना गरेको हो । पुस १५ गते राष्ट्रिय च्याउ दिवस मनाइन्छ । मेलामा ४० वटा स्टल रहनेछ । मेलामा करिब १५ हजारले अवलोकन गर्ने अनुमान गरिएको छ।
मेला आयोजना गर्नका लागि करिब २५ लाख रुपैयाँ लगानी लाग्ने संघको भनाई छ । संघका अनुसार मेलामा च्याउका विभिन्न परिकारहरूको विभिन्न स्टलहरूमा प्रदर्शनी छ । गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा हेर्न सकिनेछ ।