रास्वपाका सभापति लामिछाने संगको बयान सकियो

मुख्य खबर NFM संवाददाता शुक्रबार पुस १२, २०८१

काठमाडौँ :  सहकारी ठगीसहितका तीन अभियोगमा मुद्दा दायर भएका रास्वपाका सभापति रवि लामिछानेले आज पनि अदालतमा इन्कारी बयान दिनु भएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा उहाँले इन्कारी बयान दिनु भएको हो । हिजो र आज भएको बयानका क्रममा न्यायाधीशले उहाँलाई २६ भन्दा बढी प्रश्न गर्नु भएको थियो । प्रहरीको अनुसन्धान र सरकारी वकिल कार्यालयको अभियोगपत्रका आधारमा न्यायाधीशले प्रश्न  गर्नु भएको थियो । यसअघि रविसँगै मुद्दा दायर भएका  पूर्वडीआईजी छविलाल जोशी र  लीला पछाई बयान भएको थियो । त्यसपछि रविको दुई दिन लगाएर बयान भएको हो ।

पुस ७ गते लामिछानेविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमै छन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ रु तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिनुभयो ।

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए ।

Leave a Comment