रविलाई आज पनि अदालत लगिँदै, बयानको सम्भावना न्यून

मुख्य खबर NFM संवाददाता बिहिबार पुस ११, २०८१

काठमाडौं :  पोखरास्थित सूर्यदर्शन सहकारी ठगीका प्र्रतिवादीहरुको वयान आज पनि जारी रहने भएको छ ।

हिजो सार्वजनिक बिदा परेकाले बयान भएको थिएन। कास्की जिल्ला अदालतमा गत शुक्रबार र आइतबार ६३ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको थियो ।

न्यायाधीश नीतिज राईको इजलासमा सोमबारदेखि प्रतिवादीहरुको बयान सुरु भएको हो। आजसम्म गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक छविलाल जोशीमा मात्र बयान सकिएको छ ।

मंगलबार प्रतिवादी लिला पछाईंको बयान सुरु भएको थियो। उनको बयान नसकिएकाले आज पनि जारी रहने अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनु भयो ।

पछाईपछि कसको बयान हुन्छ भन्ने निश्चित नभएकाले रवि लामिछानेको बयान हुने सम्भावना पनि न्यून रहेको अधिकारीले बताउनु भयो ।   प्रतिवादीहरुको बयान नसकिएकाले थुनछेक बहस सुरु हुन सकेको छैन ।

Leave a Comment