काठमाडौं : नेकपा एमाले को सचिवालय बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार आज बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक बोलाउने छ ।
एमालेले पुसभित्रै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । अब बस्ने केन्द्रीय कमिटी बैठकमा स्थानीय तह उपनिर्वाचन र सरकारको कामको समीक्षा हुनेछ । त्यस्तै, पार्टीको सांगठनिक कामको पनि समीक्षा गरिने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो । त्यस्तै एमालेले वार्षिक कार्ययोजनाअनुसार काम भए, नभएकोबारे समीक्षा गर्नेछ । यसका अतिरिक्त सरकारको कामको पनि मूल्यांकन हुने एमालेले बताएको छ ।