सासूको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

मुख्य खबर NFM संवाददाता सोमवार पुस ८, २०८१

काभ्रेको मण्डनदेउपुर नगरपालिका–१ गैरीगाउँ घिसिङ टोलकी ५२ वर्षीया तिनमाया तामाङको हत्या आरोपमा उनकै ज्वाइँ पक्राउ परेका छन् ।

अनुसन्धानका क्रममा हत्या गरेको खुलेको भन्दै प्रहरीले मृतकका ज्वाइँ २८ वर्षीय सुकबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानबाट तिनमायाको हत्या सुकबहादुरले नै गरेको खुलेको प्रहरीको दाबी छ ।

तिनमाया तामाङ मंसिर ३० गते आफ्नै घरभित्र मझेरीमा मृत अवस्थामा फेला परेकी थिइन् । सुकबहादुरले नै हत्या गरेको खुलेपछि यही पुस ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख, एसपी बसुंधरा खड़काले जानकारी दिनु भयो ।
एसपी खड्काका अनुसार तिनमायाले काम नगर्ने भनी सधैं गालीमात्र गरिरहने र सोही दिन पनि गाली गरेकोले हत्या गरेको सुकबहादुरल स्वीकार गरेका छन् ।

Leave a Comment