सहकारी ठगीको आरोपमा अभियन्ता भरत जंगम पक्राउ

मुख्य खबर NFM संवाददाता सोमवार पुस ८, २०८१

काठमाडौं :  सहकारी ठगीको आरोपमा अभियन्ता भरत जंगम पक्राउ परेका छन् ।

काठमाण्डौको साई स्वागत सहकारीको रकम हिनामिना गरेको आरोपमा उनी पक्राउ परेका हुन् । काठमाण्डौ महानगरको पत्र र पीडितको जाहेरीसमेत परेपछि प्रहरीले हिजो उनलाई पक्राउ गरेको हो ।

जंगम सहकारीका पूर्वअध्यक्ष र रास्वपा सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेल पूर्व उपाध्यक्ष हुन् । पीडितले उनीहरुविरुद्ध काठमाण्डौ महानगरमा निवेदनसँगै प्रहरीमा जाहेरीसमेत दिएका थिए ।

Leave a Comment