नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । खेल जनकपुरले पाँच विकेटले जितेको हो ।
सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाएको थियो ।
जनकपुरले यसअघि लिग र क्वालिफायरमा सुदूरपश्चिमसँग पराजय बेहोरेको थियो ।