महोत्तरीमा लुटेराको समूहबाट घरधनीको हत्या : लाखौँ रुपैयाँ बराबरको धनमाल लुटियो

मुख्य खबर NFM संवाददाता शनिबार पुस ६, २०८१

काठमाडौं : महोत्तरीको मनरा शिसवा  नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराको एक समूहले घरधनीको हत्या गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय ७० वर्षीय सुशील झाको सात/आठ जनाको हतियारधारी समूहले हत्या गरेको हो ।

घरधनीको हत्या गरी लुटेराको समूहले लाखौँ रुपैयाँ बराबरको धनमाल पनि लुटेर लगेका छन् । झाको घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र ८० हजार रुपैयाँ नगद लुटेर लगेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिनुभयो ।

हत्या गरिएका घरधनी झाकी श्रीमती सामान्य घाइते हुनुहुन्छ । हत्या र अरु सरसामान के कति लुटपाट भएको छ भन्नेबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Comment