काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालयको सिनेट बैठक स्थगित भएको छ।
आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज व्यस्त हुने भएकोले बैठक स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।