अघिल्लो महिनाको तुलनामा गत मंसिरमा घर जग्गाको कारोबारबाट संकल हुने राजश्वमा वृद्धि

मुख्य खबर NFM संवाददाता बुधबार पुस ३, २०८१

अघिल्लो महिनाको तुलनामा गत मंसिरमा घर जग्गाको कारोबारबाट संकल हुने राजश्वमा वृद्धि भएको छ ।

गत कात्तिकमा घर जग्गाको कारोबारबाट दुई अर्ब ७० करोड ४० लाख ४६ हजार ६४५ बराबरको राजश्व संकलन भएकामा मंसिरमा रु तीन अर्ब ८७ करोड ४८ लाख २६ हजार नौ सय ७६ बराबर संकलन भएको हो । मंसिरमा देशभर ४३ हजार तीन सय ७९ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

यस्तै, गत कात्तिकमा देशभर ३३ हजार पाँच सय १४ संख्यामा घरजग्गा कारोबार भएको थियो । विभागका अनुसार मालपोत कार्यालय लगनखेलले रु ३३ करोड ९५ लाख दुई हजार आठ सय ७३ बराबरको राजश्व संकलन गरेको छ ।

Leave a Comment