भक्तपुरमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या

मुख्य खबर NFM संवाददाता बुधबार पुस ३, २०८१

भक्तपुरमा बुवाले चक्कु प्रहार गरेर छोराको हत्या गरेका छन् ।

गएराति घरायसी विवादमा बुवाले छोराको हत्या गरेका हुन् । अछामको कमलबजार नगरपालिका–६ घर भइ भक्तपुर नगरपालिका वडा नम्बर–२ मा बस्दै आएका ६३ वर्षीय दीप बहादुर शाहीले ३१ वर्षीय छोरा नरेन्द्र बहादुर शाहीलाई चक्कु प्रहार गरेका हुन् ।

६३ वर्षीय दीप बहादुरले चक्कु प्रहार गर्दा नरेन्द्रको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपाने  जानकारी दिनु भयो  । हत्यामा संलग्न दीप बहादुरलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी विवाद हुँदा उनले छोरालाई तरकारी काट्ने चक्कु प्रहार गरेका हुन् ।

Leave a Comment